Home » माओवादी केन्द्रले नेसापा संगको एकतालाई छिट्टै पूर्णता दिने

माओवादी केन्द्रले नेसापा संगको एकतालाई छिट्टै पूर्णता दिने

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँगको एकतालाई छिट्टै पूर्णता दिने बताएको छ ।

आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने माओवादीका सचिव देवेन्द्र पौडेलले बताए । सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताए । पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने र अन्य विचार मिल्ने समाजवादी र जसपा दलहरुसंग पनि एकैपटक छलफल गर्ने खालका विषयमा प्रस्ताव गरेको सचिव पौडेलले बताए ।

तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । पौडेलले आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्ने बताउँदै हाल बैंक मर्ज हुँदै गएको र सहकारी मर्ज हुँदै जान दबाब दिएको बताउँदै पौडेलले विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा एक मत देखिएको बताउनुभएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज पार्टीका भातृ संगठनलाई सुदृढ बनाउने, राष्ट्रपतीमा राष्ट्रिय सहमतीमा अगाडी बढने, सामाजिक आर्थिक विषयमा प्रवेश गरेको र शुक्रबार हुने स्थायी कमिटि बैठकले विषयहरुमा थप छलफल अगाडी बढाउने प्रवक्ता महराले बताए ।

स्थायी कमिटि बैठकले पदाधिकारी थप्ने तयारी समेत गरेको छ । बिहिबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्तावमा समेत विषय प्रवेश गरेको प्रवक्ता महाराले बताए । आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउनेगरी प्रस्ताव लैजान लागिएको र हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने प्रवक्ता महराले बताए । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउने विषय आजको बैठकमा प्रवेश गरेको हो ।

Related Articles

Leave a Comment