Home » महरा: सुनको ‘स’ पनि थाहा छैन चिनिया नागरिक वाङ म संग फलफूलको नाता हो

महरा: सुनको ‘स’ पनि थाहा छैन चिनिया नागरिक वाङ म संग फलफूलको नाता हो

by newnagarikdiary
0 comment

शिर्षक: महरा: सुनको ‘स’ पनि थाहा छैन चिनिया नागरिक वाङ म संग फलफूलको नाता हो

माओवादी नेता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान लागि आफूले सरकारलाई सघाउने बताएका छन् ।

मंगलबार घोराहीमा सञ्चारकर्मीसंगको कुराकानीमा महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु ?’ महाराले भने

महराले ‍सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका छन् ।

महराले भने, ‘मेरी श्रीमतीलाई वाङले आमा भनेर सम्बोधन गर्थे, उनको मृत्युमा दुइ कार्टुन फलफूल लिएर भेट्न आएका थिए ।
‘सुनको स को पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले वाङ भन्ने मान्छेसँग फोन गरेकै छैन’, उनले भने ।

महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे ।

Related Articles

Leave a Comment