Home » मन्त्रीपरिषद बैठक बस्दै, निजामती सेवा विधेयक संसदमा पठाउने तयारी

मन्त्रीपरिषद बैठक बस्दै, निजामती सेवा विधेयक संसदमा पठाउने तयारी

by newnagarikdiary
0 comment

शिर्षक: मन्त्रीपरिषद बैठक बस्दै, निजामती सेवा विधेयक संसदमा पठाउने तयारी

मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

आज अपराह्न बस्ने मन्त्रीपरिषद बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने तयारी गरेको छ ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।

Related Articles

Leave a Comment