Home » मनाईयो छैटौं राष्ट्रिय झण्डा दिवस

मनाईयो छैटौं राष्ट्रिय झण्डा दिवस

by newnagarikdiary
0 comment

शिर्षक: मनाईयो छैटौं राष्ट्रिय झण्डा दिवस

हरेक वर्ष जसो यो वर्ष पनि छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरबाट र्‍याली निकाल्दै रत्नपार्कसम्म पुगेको थियो ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । अध्यक्ष माण्डव्यले भने झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताए ।

केही समय यता नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको जनाइएको छ ।

Related Articles

Leave a Comment