Home » भारतीय फिल्मको प्रदर्शन नगरप्रहरी मार्फत रोक्ने तयारीमा बालेन

भारतीय फिल्मको प्रदर्शन नगरप्रहरी मार्फत रोक्ने तयारीमा बालेन

by newnagarikdiary
0 comment

शिर्षक: भारतीय फिल्मको प्रदर्शन नगरप्रहरी मार्फत रोक्ने तयारीमा बालेन
दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।

महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन ।

संवाद सच्याउनुका साटो सो चलचित्रका लेखकले आजतकमा अन्तरवार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिएका छन् ।

नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो । अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ ।

Related Articles

Leave a Comment