Home » भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको अनुरोध

भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको अनुरोध

by newnagarikdiary
0 comment

शिर्षक: भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् ।

२१० औं भानु जयन्तीको अवसरमा राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगदान अतुलनीय भएको स्मरण पनि गरेका छन् ।

राष्ट्रपतिले दिएको सन्देशमा उल्लेख छ ‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ ।
‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,’ राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।’

भानुजयन्तीको अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रपति पौडेलले शुभकामनासमेत दिएका छन् । राष्ट्रपति पौडेलले भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

Related Articles

Leave a Comment