Home » भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ २ करोड ४६ लाख धरौटीमा रिहा

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ २ करोड ४६ लाख धरौटीमा रिहा

by newnagarikdiary
0 comment

शिर्षक: भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ २ करोड ४६ लाख धरौटीमा रिहा

ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त आदेश दिएको हो । ललिता निवास प्रकरणका आरोपी मीनबहादुर गुरुङसहित सबै आरोपी रिहा गर्न काठमाडौं जिल्ला अदातलले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि आइतबार अदालतले गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेशपछि गुरुङले धरौटी बुझाउन लागेको स्रोतले बतायो ।

अदालतले थुनामा रहेका सरकारी कर्मचारीसहित सबैलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

Related Articles

Leave a Comment