Home » बागेश्वर धामका कथावाचक धीरेन्द्रकृष्ण शास्त्रीलाई राष्ट्रपती र प्रधानमन्त्रीले भेटेनन

बागेश्वर धामका कथावाचक धीरेन्द्रकृष्ण शास्त्रीलाई राष्ट्रपती र प्रधानमन्त्रीले भेटेनन

by newnagarikdiary
0 comment

शिर्षक: बागेश्वर धामका कथावाचक धीरेन्द्रकृष्ण शास्त्रीलाई राष्ट्रपती र प्रधानमन्त्रीले भेटेनन

भारतस्थित बागेश्वर धामका कथावाचक धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् ।

आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु भएको छ । चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको जानकारी दिएको छ ।

राष्ट्रपति पौडेललाई सञ्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको भन्दै शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेटेनन

२७ वर्षका धीरेन्द्रकृष्ण शास्त्री भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ ।

Related Articles

Leave a Comment