Home » बन्चरेडाँडाँमा फोहोर बोकेर जाने गाडीलाई अब प्रवेश शुल्क लाग्ने

बन्चरेडाँडाँमा फोहोर बोकेर जाने गाडीलाई अब प्रवेश शुल्क लाग्ने

by newnagarikdiary
0 comment

शिर्षक: बन्चरेडाँडाँमा फोहोर बोकेर जाने गाडीलाई अब प्रवेश शुल्क लाग्ने

ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ ।

गाउँपालिकाका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ ।

बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र गाउँपालिकाले काटिसकेको छ ।

सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ ।

अब यस्तो फोहोर बोकेर जाने गाडीले कककनी गाउँपालिका प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने भएको छ ।

Related Articles

Leave a Comment