Home » प्रसूति गृहमा अनलाईन टिकटको सुरुवात

प्रसूति गृहमा अनलाईन टिकटको सुरुवात

by newnagarikdiary
0 comment

शिर्षक: प्रसूति गृहमा अनलाईन टिकटको सुरुवात

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।

अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुने गरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए ।

उनले मुलुकको एक मात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए ।

उनले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ सघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे । उहाँले गत आर्थिक वर्षमा अस्पतालले बहिरङ्ग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरूले सेवा लिएको जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको बताए । स्त्रीरोग अस्पताल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्या सुरुवात भएको थियो ।

Related Articles

Leave a Comment