Home » प्रधानमन्त्री प्रचण्ड अमेरिका घुमेर चीन जाँदै

प्रधानमन्त्री प्रचण्ड अमेरिका घुमेर चीन जाँदै

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानमन्त्री प्रचण्ड अमेरिका घुमेर चीन जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए ।

त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।

चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको पनि प्रचण्डले जानकारी दिएका छन् ।

Related Articles

Leave a Comment