Home » प्रधानमन्त्रीको आत्मसमीक्षा, ज्ञानुको वुवा बनेर प्रितम सिंहलाई भावनात्मक धन्यवाद

प्रधानमन्त्रीको आत्मसमीक्षा, ज्ञानुको वुवा बनेर प्रितम सिंहलाई भावनात्मक धन्यवाद

by newnagarikdiary
0 comment

संसदमा प्रधानमन्त्री प्रचण्डको आत्मसमीक्षा:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे संसदमा आत्मसमीक्षा गरेका छन् ।

गत बुधबारदेखी अवरद्ध भएको सदन सोमबार सुचारु भएसंगै प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिने क्रममा कमजोरी मात्र स्वीकार गरेनन्, विपक्षी दलहरुलाई समेत प्रश्न गरेका छन् । एक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले आपत्ति जनाएका थिए ।

सोमबारको बैठक सुरु हुनासाथ एमाले सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै जनताले रुचाउने गरि जवाफ दिन बास्कोटाले आग्रह गरे ।

यस्तै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति मात्र जनाएनन्, यो मुद्दामा आफ्नो दल एमालेभन्दा फरक स्थानमा रहेको समेत बताए । उनले संसद कुनै सिमित व्यक्तिको थलो हुन नहुने र जुंगाको लडाई नगर्न आग्रह गरे । प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका उनले भ्रष्टाचारविरुद्ध राम्रो काम थालेको भन्दै ‘स्याबास’ भने । साथै हाँगाबिँगा काटेर भएन, जरासम्म पुग्न सुझाए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सिधै प्रधानमन्त्रीको अभिव्यक्ती राष्ट्रघाती रहेको भन्दै नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग राखे ।

विपक्षी दलका नेताहरुले बोलेपछि स्पष्टीकरण दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्तिमा आफ्नो कमजोरी स्वीकार गरे । प्रितम सिंहसँगको सम्बन्ध दिवंगत छोरी ज्ञानुको उपचारको बेलासँग जोडिएको भन्दै उनले आफू प्रधानमन्त्रीको रुपमा नभई ज्ञानुको बुबा भएर बोल्न पुगेको भन्दै कमजोरी स्वीकारे ।

गल्ति स्विकारेका उनले सुशासन र जनअपेक्षाको प्रश्नमा सरकारले कदम चालिरहेको र चाल्ने उनले बताए । आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरुले नै कसले बनायो प्रधानमन्त्री भन्ने प्रश्न गरेको भन्दै उनले अगाडि भने, मलाई प्रश्न गर्दा प्रश्न उठाउने दल वा माननीय पनि प्रश्नको घेरामा हुनुहुन्छ ।’

Related Articles

Leave a Comment