Home » प्रधानमन्त्रीको अभिव्यक्तिबारे रवि लामिछानेले संसदमा जवाफ माग्ने

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रवि लामिछानेले संसदमा जवाफ माग्ने

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानमन्त्रीको अभिव्यक्तिबारे रवि लामिछानेले संसदमा जवाफ माग्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताएका छन् ।

पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा शनिबार गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अनुचित भएकाले जनतालाई प्रष्ट पार्नुपर्ने बताए ।

२० असारमा प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । उक्त दिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।

रास्वपा अध्यक्ष लामिछानेले आफूहरुका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने समेत बताए । प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद सञ्चालन हुने आशा गरे पनि त्यस दिन सभामुखको भूमिका उचित नभएको उनले बताए ।

सरकारले नै अन्तिम दिनमात्र विधेयक ल्याएकाले मिटरब्याजसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक रोकिएको उनको दाबी छ । लामिछानेले सत्तारुढ दलका कयौं नेता र उनका आफन्त मिटरब्याजमा संलग्न भएको आशंका भइरहेका बेला सरकारले नै अन्तिम दिन विधेयक ल्याएर पारित नगर्ने खेल खेलेको हुन सक्ने शंका व्यक्त गरेका छन् ।

सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वपाले सरकारको नेतृत्व गरेपछि ठेगान लगाएरै छाड्ने दावी गरे ।

Related Articles

Leave a Comment