Home » प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै

by newnagarikdiary
0 comment

शिर्षक: प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ ।

बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी कार्यसूची तय भएको छ ।

यसअघि सोमबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । सभामुख देवराज घिमिरेको निर्देशमा सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको थियो ।
पछिल्लो समय १ क्विन्ट सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध पुर्‍याउँदै आएको छ । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने बताउँदै आएको छ ।

सरकारले भने अपराध अनुसन्धानका लागि स्थापित नियकाबाटै अनुसन्धान हुने बताउँदै आएको छ । यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको दाबी छ ।

हालसम्म १८ जना पक्राउ परेका छन्।

Related Articles

Leave a Comment