Home » पेट्रोलियम पदर्थको मुल्य वृद्धि प्रति अनेरास्ववियुको बाईक डाेहाेर्याएर विरोध

पेट्रोलियम पदर्थको मुल्य वृद्धि प्रति अनेरास्ववियुको बाईक डाेहाेर्याएर विरोध

by newnagarikdiary
0 comment

पेट्रोलियम  पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउदै विरोध प्रर्दशन गरेको हो ।
पोखराको मुख्यचोक मानव अधिकारचोक देखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटर नचलाई डोहोर्याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडी मुल्यबृद्धि फिर्ता गर, २४ लाख डोज खोप खै ? भन्ने कार्ड राखेका थिए ।

अनेरास्ववियू कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मुल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउदै सांकेतिक रुपमा अनेरास्ववियूले विरोध प्रर्दशन गरेको बताए ।
अनेरास्ववियूका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय मन्नुले मुल्यबृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइकल र स्कुटर डोहोर्याएर विरोध प्रर्दशन गरेको जनाएका छन् । रचनात्मक रुपमा सरकारले जनताको ढाड सेक्ने काम छिटोभन्दा छिटो बन्द गर्न आग्रह गर्दै विरोध गरिएको उपाध्यायले बताए । कोरोना भाइरस संक्रमणका कारण सरकारले २५ जना भन्दा बढि जम्मा हुन नपाउने गरी प्रशासनले निषेध गरेको छ । प्रहरीले विद्यार्थीहरुलाई धेरै जना जम्मा नहुन अनुरोध गरेको थियो ।
नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको छ ।
मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर १३९ रुपियाँ पुगेको छ भने डिजेल र मट्टितेल १२२ रुपियाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेको छ ।

Related Articles

Leave a Comment