Home » नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्काल नगर्ने

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्काल नगर्ने

by newnagarikdiary
0 comment

शिर्षक: नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्काल नगर्ने
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम हाल स्थगित गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रीय कार्य समितिले भदौ १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रुपमा प्रभावित भएकाले उनीहरुको सेवामा जुट्न पार्टी संगठनहरुलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए।

नेपाली कांग्रेसले साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ।

Related Articles

Leave a Comment