Home » नेपालकाे निर्माण उद्याेग समसस्याग्रस्त ! सरकारले लिखित सहमति गर्याे कार्यन्वयन गरेन

नेपालकाे निर्माण उद्याेग समसस्याग्रस्त ! सरकारले लिखित सहमति गर्याे कार्यन्वयन गरेन

by newnagarikdiary
0 comment

नेपालकाे निर्माण उद्याेग समसस्याग्रस्त ! सरकारले लिखित सहमति गर्याे कार्यन्वयन गरेन

नेपालकाे निर्माण क्षेत्र समस्या ग्रस्त भएकाे छ |

नेपाल निर्माण व्यवसायी महासंघले अाज एक प्रेस वक्तव्य मार्फत नेपाल सरकार र यस महासंघबीचको सहमतिलाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्नेमा नेपाल सरकारवाटै आफैले समस्याको गम्भिरता पहिचान गरी गरेको सहमतिलाई कार्यान्वयन नगर्नु, कार्यान्वयनमा ढिलाई गर्नु, कार्यान्वयन गर्ने निकायहरुले एकआपसमा कार्यान्वयन नगर्ने आचरण देखाउनु, समग्र कार्यान्वयनको जिम्मा लिनुपर्ने नेपाल सरकारका मुख्य सचिव समेतबाट यसको गम्भिरतालाई ध्यान नदिएको बताइएको छ ।

महासंघले पटक पटक प्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव एवं सचिवहरु लगायत उच्च पदस्थ कर्मचारीहरुसँग लिखित एवं मौखिक रुपले लामो समयदेखि निरन्तर रुपमा अवगत गराउँदा समेत महासंघका मागहरु सम्बोधन नभएको हुँदा उक्त सहमति कार्यान्वयनका लागि आवश्यक समन्वय समेत गर्ने दायित्वबाट कर्मचारी संयन्त्र बिमुख देखिएको उल्लेख गरिएको छ ।

नेपाल सरकारले सहमति भएको बुँदाहरु समेत कार्यान्वयन नगर्दा आर्थिक वर्षको काम गर्ने सिजनमा समेत कुनैपनि निर्माण कार्य सुचारु गर्न नसकेको महासंघले जनाकाे छ |

यसरी सहमती अनुसारकाे कार्यान्वयन नभएको खण्डमा समग्र निर्माण उद्योगको हक हितका लागि महासंघ सशक्त र अन्तिम आन्दोलन गर्न बाध्य हुने व्यहोरा नेपाल निर्माण ब्यवसायी महासंघका महासचिव रोशन दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

Related Articles

Leave a Comment