Home » नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने दबाबमा नेपाल

नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने दबाबमा नेपाल

by newnagarikdiary
0 comment

शिर्षक:नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने दबाबमा नेपाल
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ ।

जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्य सहित मैदानमा उत्रिने छ ।
सुपर सिक्समा पुग्न यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित भए समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।

Related Articles

Leave a Comment