Home » धनगढी क्षेत्र डुबान,अस्पतालको प्रसूति र अपरेसन वार्डभित्रै पस्यो बाढी

धनगढी क्षेत्र डुबान,अस्पतालको प्रसूति र अपरेसन वार्डभित्रै पस्यो बाढी

by newnagarikdiary
0 comment

शिर्षक: धनगढी क्षेत्र डुबान,अस्पतालको प्रसूति र अपरेसन वार्डभित्रै पस्यो बाढी

आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका जिल्लाहरु जलगमग्न भएका छन् । कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा डुवान भएको छ । अविरल वर्षाका कारण आवतजावतमा समस्या भएको छ।

वर्षाका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पताल क्षेत्र पनि डुवानमा परेको छ। अस्पतालको वार्ड भित्रै बाढी पसेको छ।

अस्पतालको प्रसूति वार्ड र अपरेशन कक्षमा बाढी पसेको छ। वार्डहरुमा बाढी पसेपछि बिरामीलाई सास्ती भएको छ।

बाढीका कारण धनगढी बजारको मूख्य सडक क्षेत्र पनि डुवानमा परेको छ।

Related Articles

Leave a Comment