Home » देशभर मनसुनी वायुको प्रभाव: यस्तो छ वर्षा र हावाहुरीको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव: यस्तो छ वर्षा र हावाहुरीको सम्भावना

by newnagarikdiary
0 comment

शिर्षक: देशभर मनसुनी वायुको प्रभाव: यस्तो छ वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
a
आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

Related Articles

Leave a Comment