Home » ठूला भ्रष्ट्रराचारी जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा: राजेन्द्र लिङदेन

ठूला भ्रष्ट्रराचारी जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा: राजेन्द्र लिङदेन

by newnagarikdiary
0 comment

शिर्षक: ठूला भ्रष्ट्रराचारी जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा: राजेन्द्र लिङदेन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिष्टको भुमिका बराबर रहेको बताएका छन् ।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत गृह जिल्ला बिर्तामोडस्थित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठुलाठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको सहभागीता र चलखेल बढेको र पारटीका नेतलाई जोगाउने कसरत दुबै पार्टीमा भएको बताएका छन् ।

Related Articles

Leave a Comment