Home » जुम्लाको पाटनमा चट्याङ लागे ५० भेडाबाख्रा मरे

जुम्लाको पाटनमा चट्याङ लागे ५० भेडाबाख्रा मरे

by newnagarikdiary
0 comment

शिर्षक: जुम्लाको पाटनमा चट्याङ लागे ५० भेडाबाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।

असार २८ गतेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको गाउँपालिकाले जानकारी दिएको छ ।चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिकाले बताएको छ । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ ।

भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको कृषकले बताए । स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए ।

स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

Related Articles

Leave a Comment