Home » जनयुद्धको २८ वर्ष पुरा: आज सार्वजनिक विदा

जनयुद्धको २८ वर्ष पुरा: आज सार्वजनिक विदा

by newnagarikdiary
0 comment

जनयुद्धको २८ वर्ष पुरा: आज सार्वजनिक विदा

आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनको सम्झना स्वरुप जनयुद्ध दिवस मनाईदैछ ।

देश शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउने दिनको सुरुवात गरेको छ ।

जनयुद्धको २८ वर्ष पुरा भएको दिनको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।

सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

Related Articles

Leave a Comment