Home » जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि थप १७ किलोमिटरमा सुचारु हुने

जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि थप १७ किलोमिटरमा सुचारु हुने

by newnagarikdiary
0 comment

शिर्षक: जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि थप सुचारु हुने

नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि थप सुचारु हुने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा रेल संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।

थप १७ किलोमिटर रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नेछन् ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुने छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने छन् । थप १७ किलोमिटर भंगहा स्टेशनमा भने दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गरिने छ ।

Related Articles

Leave a Comment