Home » छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई घाँटीको क्यान्सर

छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई घाँटीको क्यान्सर

by newnagarikdiary
0 comment

शिर्षक: रामायण वाचिका एवम् छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई क्यान्सर

रामायण वाचिका एवम् छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई क्यान्सर भएको छ।

उनका श्रीमान मुरारी गुरागाईले फेसबुक स्ट्याटस मार्फत यसको जानकारी गराएका छन् ।

विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर रोग लागेको उनले जनाएका छन्। उनको पछाडिको हड्डी भाँचिएको थियो। अहिले रोगकै कारण छन्दकविता वाचनको काम पूर्ण रूपमा रोकिएको उनले वताए।

उनको अमेरिकामा उपचार भईरहेको छ। नेपालबाट वसाई सरेर उनीहरु अमेरिकामै वसोवास गरिरहेका छन् ।

सरु र मुरारीका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन्। गुरागाईले उपचारका लागि सक्दो सहयोगका लागि पनि अपिल गरेका छन्।

Related Articles

Leave a Comment