Home » चोभार सुख्खा बन्दरगाह नीजि-साझेदारी (पि.पि.पि.) मोडेलमा सञ्चालन गरिने, कम्पनि छनोट

चोभार सुख्खा बन्दरगाह नीजि-साझेदारी (पि.पि.पि.) मोडेलमा सञ्चालन गरिने, कम्पनि छनोट

by newnagarikdiary
0 comment

शिर्षक: चोभार सुख्खा बन्दरगाह नीजि-साझेदारी (पि.पि.पि.) मोडेलमा सञ्चालन गरिने, कम्पनि छनोट

चोभार सुक्खा बन्दरगाह सार्वजनिक – नीजि ( साझेदारी (पि.पि.पि.) मोडेलमा सञ्चालन तथा
व्यवस्थापनको लागि कम्पनी छनौट भएको छ ।

मुलुकको व्यापार सहजीकरणका लागि काठमाडौमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको विकास गरी एकद्वार प्रणालीबाट आयात÷निर्यातकर्ताहरुलाई सेवा प्रदान गर्ने तथा काठमाण्डौं प्रवेश गर्ने ढुवानी साधनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल सरकारबाट निर्माण भएको चोभार सुक्खा बन्दरगाह मिति २०७८ चैत्र २२ गते देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहेकोले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकिकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेशन ) हरु मध्ये चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको माध्यमबाट निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनौट गर्न समितिको कार्यालयबाट मिति २०८०।०४।०८ (तदनुसार २४ जुलाइ, २०२३) मा अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हान भएको । सूचना बमोजिम जम्मा दुई वटा कम्पनीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

बोलपत्र प्रकृयामा TransNepal Freight Services JV, Biratnagar/ New Nepal Dhuwani Sewa, Birgunj, Nepal सहभागी भएका थिए । सहभागी दुई वटा कम्पनीहरु मध्ये मूल्याङ्कन प्रकृयाबाट TransNepal Freight Services JV, Biratnagar (An intended JV of TransNepal Freight Services Pvt Ltd., Nepal and TRS Lift & Shift Services Pvt. Ltd., India ले पाँच वर्षको लागि रु. २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा वहाल र नियमानुसार महशुल वाँडफाँड गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रुपमा छनौट भएको हो ।

समितिको टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनी वीच चाँडै करार सम्झौता भई पाँच वर्षको लागि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सो कम्पनीलाई हस्तान्तरण गरिने भएको छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करीव २० महिनाको अवधिमा आउँदा यसको व्यापारीक प्रयोगमा वृद्धि भइरहेको छ । यस अवस्थामा उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा यसको प्रभावकारी सञ्चालन एवम व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रुपमा बृद्धि हुने अवस्था देखिएको छ ।

यद्यपि, उक्त सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा ल्याउनकोलागि नेपाल सरकारको तर्फबाट निकायगतरुपमा गर्नु पर्ने कार्यहरुका लागि आवश्यक पहल एवं निकायगत समन्वयको भूमिका सर्वपरी हुनेछ । यसमा समितिबाट उन्नतस्तरको प्रभावकारी समन्वय भई सो सुक्खा बन्दरगाहको प्रयोगमा वृद्धि हुँदै जाने विश्वास नेपाल ईन्टरमोडल यातायात विकाश समितिका कार्यकारी आशिष गजुरेलले व्यक्त गरे । यसको अलावा चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु(दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडोसम्पन्न गर्न अत्यावश्यक रहके ो पनि गजुरेलले बताए ।

समितिका कार्यकारी निर्देशक श्री आशिष गजुरेलका अनुसार काठमाडौं तराई द्रुतमार्ग तयार नहुञ्जेल चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्दैन । नीजि क्षेत्रले व्यवस्थापन, सञ्चालन, मर्मत, सम्भार गरी कबोल गरे बमोजिम पाँच वर्षको लागि रु. २.८८ करोड न्यूनतम पट्टाबहाल रकम नेपाल सरकारलाई बुझाउनेछ । यो नेपाल सरकारको लागि राम्रो र गर्व गर्न लायक काम भएको छ । साथै प्रचलित टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत् छनौट भई आएको कम्पनी मार्फत् सञ्चालन गर्नुपर्ने स्पष्ट प्रावधान रहेकोले छनौट भएको कम्पनीलाई सार्वजनिक नीजि साझेदारी (पि.पि.पि.) मोडेलमा ५ वर्षका लागि भाडामा सञ्चालन गर्न जिम्मा दिन लागिएको छ ।

Related Articles

Leave a Comment