Home » चिनियाे मूल्य बढेसंगै कालाेबजारी बढ्दै,उपभाेक्ता मर्कामा

चिनियाे मूल्य बढेसंगै कालाेबजारी बढ्दै,उपभाेक्ता मर्कामा

by newnagarikdiary
0 comment

शिर्षक: चिनियाे मूल्य बढेसंगै कालाेबजारी बढ्दै,उपभाेक्ता मर्कामा

बजारमा चिनीकाे मूल्य वृद्धि भए संँगै चिनी सटेज भएको र उपभोक्ता मर्कामा परिरहेकाे छ भने काभ्रेपलाञ्चोकको धुलिखेलमा चिनी बाेराकाबाेरा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूराकिका आधारमा  प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ ।

प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उहाँले बताउनुभयो । प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो ।

ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

Related Articles

Leave a Comment