Home » गुल्मी समुन्नतीको पहिलो खुडकिलो, डेढ अर्बको अलपत्र आयोजना पुन सुचारु

गुल्मी समुन्नतीको पहिलो खुडकिलो, डेढ अर्बको अलपत्र आयोजना पुन सुचारु

by newnagarikdiary
0 comment

निर्माण व्यवसायीलाई भेटदै मनोबल बढाउँदै मेयर पन्थी, डेढ अर्बको अलपत्र आयोजना पुन सुचारु

गुल्मीको समुन्नतीको पहिलो आधारको डेढ अर्ब लागतमा सालझण्डीको काम रुपमा रहेको सालझण्डी सडक खण्डको निर्माण कार्य पुनःसुचारु भएको छ ।

खुर्साने देखि पटौटी सम्मको करिब १ अर्व ५१ करोडको लागतमा निर्माण सम्पन्न हुने सो खण्डको निर्माण कार्य निकै सन्तोष जनक रहेको छ । सालझण्डी -पटौटी -दुर्गाफाँट-खर्ज्याङ-तम्घास सडक अन्तर्गत पर्ने सौर्यखोलामा निर्माणधिन पक्की पुलको ढलान गर्ने कार्य अन्तिम चरणमा समेत पुगेको रेसुङगा नगरपालिकाका मेयर खिलध्वज पन्थी बताउनुहुन्छ । अबको केही दिनमा सौर्यखोलाबाट खेप्नु परेको सास्ती बाट यहाँका नागरिक मुक्त हुने छन् । यो आयोजनालाई सफल र सम्पन्न बनाउन संकल्प र प्रतिबद्दता लाई पुरा गर्न दृढता पूर्वक निरन्तर लागि परेको पन्थी बताउनुहुन्छ ।

हाल मेयर पन्थीले रेसुङ्गा नगरपालिका अन्तर्गतका सडक अलपत्र निर्माण आयोजनामा व्यवसायीको हौसला बढाएर असफल आयोजना सफल समेत बनाईसक्नुभएको छ । सालझण्डीको यो सडकखण्डमा पनि मेयर पन्थीको सक्रियता निरन्तर देखिएको छ ।

Related Articles

Leave a Comment