Home » कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा

by newnagarikdiary
0 comment

शिर्षक: कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त भएका छन् ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् । उनलाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ।

संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो। प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरे अनुसार थापालाई गठबन्धन दलको समर्थनमा नियुक्त गरिएको हो ।

राप्रपालाई ल्याउने प्रयास असफल हुँदा संविधानविपरीत गठबन्धनले सभामुखसमेतलाई गणना गरेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेको थियो। प्रदेश प्रमुखले त्यसलाई स्वीकार गर्दै थापालाई मुख्यमन्त्री बनाएका हुन्।

Related Articles

Leave a Comment