Home » केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा बेपत्ता नेपालीको तुरुन्त उद्दारको लागि नेपाली कांग्रेसको आग्रह

केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा बेपत्ता नेपालीको तुरुन्त उद्दारको लागि नेपाली कांग्रेसको आग्रह

by newnagarikdiary
0 comment

शिर्षक: केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा बेपत्ता नेपालीको तुरुन्त उद्दारको लागि नेपाली कांग्रेसको आग्रह

भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर बेपत्ता नेपालीको तुरुन्त उद्दारको लागि कांग्रेसले सरकारसंग माग गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ ।’

बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Comment