Home » कांग्रेस जिल्ला सभापतिको बैठक आज पनि जारी

कांग्रेस जिल्ला सभापतिको बैठक आज पनि जारी

by newnagarikdiary
0 comment

शिर्षक: कांग्रेस जिल्ला सभापतिको बैठक आज पनि जारी
बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् । बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने छन् ।

कांग्रेसको १४ औं महाधिवेशनपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक गरेको छ । बैठकमा पार्टी सदस्यतालाई प्रविधिमैत्री बनाउनेदेखि संगठनका गतिविधिमाथि छलफल भइरहेको छ ।

छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अन्तिममा जवाफ दिनेछन् ।

Related Articles

Leave a Comment