Home » कक्षा १२ को अन्तिम नतिजा: यो वर्ष ३ प्रतिशतले सुधार

कक्षा १२ को अन्तिम नतिजा: यो वर्ष ३ प्रतिशतले सुधार

by newnagarikdiary
0 comment

शिर्षक: कक्षा १२ को अन्तिम नतिजा: यो वर्ष ३ प्रतिशतले सुधार

कक्षा १२ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ।

यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार भएको छ ।

Related Articles

Leave a Comment