Home » उद्यमीलाई प्रोत्साहन गर्दै ललितपुर महानगरले सिड मनि दिने

उद्यमीलाई प्रोत्साहन गर्दै ललितपुर महानगरले सिड मनि दिने

by newnagarikdiary
0 comment

शिर्षक: उद्यमीलाई प्रोत्साहन गर्दै ललितपुर महानगरले सिड मनि दिने

ललितपुर महानगरले आज महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । “महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम आयोजना गरेको बताए । महर्जनले भने तपाईहरु हामीलाई सुझाव दिनुस हामी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।”

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीको उत्पादन बजारिकरण गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अन्तराष्ट्रिय संघ संथा र युएनडिपिको सहयोगले यस्ता उद्दममा महिलालाई प्रोत्साहन मिलेको बताईन । उनले यो सम्मेलन सम्मेलन मात्रै नभएर उद्यमीहरुको अनुभव। ज्ञान सीप आदान प्रदान गर्ने थलो समेत भएको प्रष्ट पारिन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेल अर्यालले महानगरले व्यक्तिलाई सीपसँग, सीपलाई प्रविधि र बजारसँग जोड्ने काम गरेको बताए । तालिम लिएपछि उद्यम गर्न चाहनेका लागि बिउ पूँजी समेत व्यवस्था गरेको बताए ।

नेपालका लागि ईयूका राजदूत नोना देपरेज, नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटि भल्क, युएनडपीका आवासीय प्रतिनिधि आसियानी मेदागानगोडा लाबे विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले महिला उद्यमीको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सहकार्य र समन्वय गर्ने बताए । कार्यक्रममा सफल उद्यमीको संघर्ष तथा सफलताको कथा भिडियो सामग्री प्रदर्शनी गरिएको थियो ।
‘महानगरका महिला उद्यमीहरूको अवस्था र महिला उद्यमशीलता सहजीकरण केन्द्रको कार्यक्रम तथा प्रगति’ माथि प्रस्तुतिकरण गरिएको थियो ।
सम्मेलनमा पूर्व सचिव यामकुमारी खतिवडाले ‘उद्यम व्यवसाय सञ्चालन र व्यवस्थापनमा उद्यमीको भूमिका र सरोकार निकायको दायित्व’ विषयमा प्रस्तुतिकरण दिएकी थिइन् ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा तथा डाँफे वर्कसकी कृतिष्मा कार्कीले सफल महिला उद्यमीहरुको उत्प्रेरणात्मक प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा महिला उद्यमीहरुको व्यवहारिक समस्या र सरोकारवाला निकायको भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा ललितपुर महानगरका उपप्रमुख, राष्ट्र बैंकका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रतिनिधि, कर कार्यालय ललितपुरका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए । सम्मेलनका क्रममा सफल उद्यमीलाई सम्मान गरिएको थियो ।

Related Articles

Leave a Comment