Home » इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि पिपिपि मोडेल आवश्यक

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि पिपिपि मोडेल आवश्यक

by newnagarikdiary
0 comment

शिर्षक: इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि पिपिपि मोडेल आवश्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।

राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्र्तगत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको बताए। आपसी सहकार्यबाटै आर्थिक समुन्नती सहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री दाहालले बताए । नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले विकास निर्माणको काम पनि सोही अनुसार गर्न सम्बन्धित् निकायको ध्यानाकर्षण गराए । एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । इफाप्का आबद्ध मुलुकमा दिगो विकास बारेमा जनचेतना जगाउन इफाप्काले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री दाहालले प्रशंसा गरे ।

फोरम उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दिगो विकासका लागि सरोकारवाला सबै निकायबीचको समन्वय आवश्यक भएको धारणा राखे । महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले इफाप्काले विगत एक वर्षको अवधिमा गरेका फोरमहरूको निचोड प्रस्तुत गर्दै इफाप्का प्रभावकारी ढंगले अघि बढिरहेको बताए । इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसप्रितुले वातावरणमैत्री पूर्वाधार निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताए । एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनी, पूर्वाधार विद् तान सेङ चुहान लगायतका वक्ताहरूले पूर्वाधारको चक्रबारे प्रकाश पार्दै दिगो विकासका लागि आपसी समन्वय आवश्यक भएको बताए । उद््घाटन सत्रपछिको प्यानल डिस्कसन र इमर्जिङ योङ लिर्डस् कार्यक्रममा पूर्वाधारविद्हरूले दिगो पूर्वाधारका विविध पक्षबारे प्रकाश पार्नु भएको थियो । सम्मेलन शुक्रवार सकिनेछ ।

Related Articles

Leave a Comment