Home » इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

by newnagarikdiary
0 comment

शिर्षक: इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु
इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । घाईते आमा सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र छोरी अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार करिब पौने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।

टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।

Related Articles

Leave a Comment