Home » आफ्नै लिंग काटेका युवको शल्यक्रिया सकियो उनि खतरामुक्त

आफ्नै लिंग काटेका युवको शल्यक्रिया सकियो उनि खतरामुक्त

by newnagarikdiary
0 comment

शिर्षक: आफ्नै लिंग काटेका युवको शल्यक्रिया सकियो उनि खतरामुक्त

आफ्नै लिंग काटेर घाइते भएका मकवानपुरका युवाको काटिएको भाग फालेर शल्यक्रिया गरिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

ती युवाको अवस्था खतरामुक्त रहेको मेडिकल कलेजले बताएको छ । लिंगको आधा भाग काटिएको अवस्थामा ती युवा भर्ना भएका थिए । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका २२ वर्षीय नवीन हुमागाईंले बुधबार राति करिब १० बजे हेटौंडा बसपार्कको एक होटलमा आफ्नो ‘प्राइभेट पार्ट’ काटेका थिए ।

लिंग काट्दा असह्य पीडा भएका उनी उपचारका लागि आफैं राति करिब पौने १२ बजे हेटौंडा अस्पताल पुगेपछि घटना बाहिरिएको थियो । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा बसेका उनले आफैंले आफ्नै संवेदनशील अंग काटेको स्वीकार गरेका छन् । तर, के कारण उनले त्यसो गरे भन्ने नखुलेको प्रहरीले बताएको छ । हेटौंडामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि राति नै भरतपुर लगिएको थियो ।

संवेदनशील अंग काटेर उपचारका लागि उनी आफैं हेटौंडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारका लागि उनलाई मध्यरात नै चितवन रिफर गरेको थियो । प्रहरीलाई बयानका क्रममा उनले आफैंले लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको जिल्ला प्रहरीको भनाइ छ ।

प्रहरीसंगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’ का कारण लिंग काटेको बताएका छन् । हुमागाईंले सुतिरहेको अवस्थामा बिच्छीले संवेदनशील अंगमा टोकेपछि शरीरमा विष फैलिने डरले उक्त भाग काटेको प्रहरीलाई जानकारी दिएका छन् । तर, उनको उक्त दाबीको पुष्टि हुन बाँकी छ ।

Related Articles

Leave a Comment