Home » अपाङ्ग मैत्री चिडियाखाना बनाउन बसको व्यवस्था गर्छौं: चिरिबाबु

अपाङ्ग मैत्री चिडियाखाना बनाउन बसको व्यवस्था गर्छौं: चिरिबाबु

by newnagarikdiary
0 comment

शिर्षक: चिरिबाबु महर्जनले भने अपाङ्ग मैत्री चिडियाखाना बनाउन बसको व्यवस्था गर्छौं

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानाभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि बसको व्यवस्था गर्ने भएको छ ।

मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउने उद्देश्यले छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

विश्व बाघ दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने बताए ।

उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Related Articles

Leave a Comment