Home » अपाङगता दिवस मनाउन ललितपुर उपप्रमुखको अध्यक्षतामा मूल समिति

अपाङगता दिवस मनाउन ललितपुर उपप्रमुखको अध्यक्षतामा मूल समिति

by newnagarikdiary
0 comment

शिर्षक: अपाङगता दिवस मनाउन ललितपुर उपप्रमुखको अध्यक्षतामा मूल समिति

उपप्रमुख भन्छिन्—‘अपाङगता भएकालाई छिट्टै सहयोगीको व्यवस्था गर्छौ’
ललितपुर ः ललितपुर महानगरले ३२ औं अन्तर्राष्ट्रिय अपाङगता दिवस मनाउनका लागि उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

प्रत्येक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाइन्छ । सप्ताहव्यापी रुपमा मनाइने यो दिवस सफल पार्नका लागि मूल समारोह समिति अन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

दिवस मनाउने सन्दर्भमा ललितपुर महानगरले बैठक आयोजना गरेको थियो । बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियोे बैठकमा ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरले दिवस मनाउनका लागि मात्रै कार्यक्रम आयोजना नगरेको बताइन् । उनले भनिन् ‘हामीले वर्षभरि नै अपाङगता सम्बन्धी कार्यक्रम आयोजना गरेका छौं, यो ती मध्येको एक हो । ’ उपप्रमुख मञ्जलीले महिला,बालबालिका र अपाङगता भएकाको क्षेत्रमा महानगरले गर्न खोजेको धेरैवटा काम बाँकी रहेको बताउँदै बाँकी कामलाई योजनाबद्ध ढंगबाट अघि बढाउने बताइन् । प्रत्येक व्यक्तिका लागि मनोबल अत्यावश्यक भएको बताउँदै उनले अपाङगता दिवसको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत एक दिन योग र ध्यानलाई समेत समेट्न अनुरोध गरिन् । उनले भनिन् ‘ योग र ध्यानले व्यक्तिको मनोबल उच्च हुन्छ, प्रत्येक क्षेत्रलाई यो आवश्यक छ, त्यसैले यसलाई कार्यक्रममा समेटौं । ’ महानगरभित्रका अपाङगता भएकाको लागि सहयोगीको व्यवस्था गर्ने सम्बन्धमा धमाधम काम भइरहेको उनले जानकारी दिइन् । ‘योसँग सम्बन्धित कार्यविधि छिट्टै कार्यपालिका बैठकमा लैजान्छौं । ’
सामाजिक विकास समितिका संयोजक तथा ललितपुर महानगर वडा नंं ९ का वडा अध्यक्ष राज महर्जनले महानगर अपागंता भएकाहरुकोे विषयमा बढी संवेदनशील भएको बताए । उनले भने, ‘पूर्वाधार निर्माण, लगायत लिफ्ट, अपाङगतामैत्री फुटपाथ, अपाङगतामैत्री आकाशेपुलको निर्माणलाई अघि बढाएका छौं । ’ सामाजिक विकास समितिका सदस्य तथा वडा नं १८का वडा अध्यक्ष दामोदर खड्काले महानगरले अपाङगता भएकाहरुको लागि अधिकारमुखी अवधारणाबाट कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा स्वाबलम्बन जीवन पद्धति केन्द्रका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले महानगरभित्र अपाङगता भएकाहरुको लागि थुप्रै काम भएको बताए । ै अपाङगता भएकाहरुको लागि सहयोगीको व्यवस्था गर्न महानगरले थालेको प्रक्रिया प्रशसनीय भएको बताए । उनले भने, ‘ यो सहयोगीको व्यवस्थाले महानगर अपाङगता भएका आफ्ना नागरिकप्रति कति जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ । ’ महानगरपालिकामा अपाङगता डेक्सको आवश्यकता भएको औल्याउँदै छिट्टै डेस्क स्थापनाका लागि अनुरोध गरे । महानगरपालिकाभित्र हालसम्म ८ सय २० वटा अपाङगता परिचयपत्र वितरण भएको छ ।

Related Articles

Leave a Comment