Home » चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनबाट सी जिनपिङ पुन महासचिवमा चयन

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनबाट सी जिनपिङ पुन महासचिवमा चयन

by newnagarikdiary
0 comment

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनबाट सी जिनपिङ पुन महासचिवमा चयन हुनभएको छ । शनिबार सम्पन्न भएको महाधिवेशनले सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको हो ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।

Related Articles

Leave a Comment