Home » मिलनको शतकिय पारीमा स्याङ्जा विजयी

मिलनको शतकिय पारीमा स्याङ्जा विजयी

by newnagarikdiary
0 comment

मंसिर १ पोखरा । मिलन क्षेत्रीले उत्कृष्ट ब्याटिङ्ग गर्दै १ सय २१ रनको सानदार पारी खेलेपछि पोखरामा जारी यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जित निकालेको छ ।

म्यान अफ द म्याच चुनिएका मिलनले आफ्नों पारीमा ९९ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे ।

टस जितेको तनुहँले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गमा उत्रिएको स्याङ्जाले पुरा ४० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल तयार पा¥यो । स्याङ्जाको तर्फबाट सुजन गौतमले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अभिजित ५३ रन बनाएका थिए । त्यस्तै विष्णु पाण्डेले ३३ रन जोडे । तनहुँका बलर परिक्षित ढकालले २ विकेट लिए ।

जितका लागि २ सय ५३ रनको लक्ष्य पछ्याएको तनहुँले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४३ रन बनाउन सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले ४० तथा उत्सव श्रेष्ठले ३३ रनको योगदान दिए । स्याङ्जाको तर्फबाट टिकाराम गैह्रेले २ किवेट लिए ।

प्रतियोगिता अन्तर्गत बिहीबार स्याङ्जा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।

Related Articles

Leave a Comment