Home » एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको जित कायमै

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको जित कायमै

by newnagarikdiary
0 comment

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो।

हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए। उनले ७३ बलमा ५ चौका प्रहार गरे।

कप्तान स्कट एडवार्ड्सले २७ बलमा २ चौका र एक छक्कासहित ३० रन बनाए। सिब्रान्ड एंगलब्रेक्टले २९, तेजा निदमनुरू २१ बास दे लिड्स १६ र विक्रमजित सिंह १२ रन बनाएर आउट भए।

बलिङमा न्युजिल्यान्डका मिचेल सान्तनरले सर्वाधिक ५ विकेट लिए। म्याट हेनरीले ३ र रचिन रवीन्द्रले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो।

Laxmi bank
न्युजिल्यान्डका लागि विल योङले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए।

कप्तान टम लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ५१ बल खेलेका रचिन रवीन्द्रले ३ चौका र एक छक्कासहित ५१ रन बनाए।

The web
त्यस्तै डेरिल मिचेलले ४७ बलमा ५ चौका र २ चक्कासहित ४८ रनको योगदान गरे।

मिचेल सान्तनरले ३६, डेभन कनवेले ३२ र म्याट हेनरीले १० रन जोडे।

न्युजिल्यान्डले यसअघि विश्वकपको उद्घाटन खेलमै साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।

नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। विश्वकपमा भोलि इंग्ल्यान्ड र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ।

Related Articles

Leave a Comment