Home » प्रथम राष्ट्रिय नाइट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन

प्रथम राष्ट्रिय नाइट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन

by newnagarikdiary
0 comment

चैत २२ पोखरा । वैशाख पहिलो साता पोखरामा संचालन हुने प्रथम राष्ट्रिय नाइन ए साईड भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ ।

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आउँदो वैशाख २ देखि ६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमितिहरु गठन भएको हो ।

गण्डकी खेलकुद परिषद सदस्य दील बहादुर गुरुङको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन भएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताउनु भएको छ । विभिन्न उपसमितिहरु मध्य मञ्च तथा मैदान व्यबस्थापनमा योगेन्द्र शेरचन, योगेन्द्र गुरुङ, मिलन गुरुङ रहेका छन भने सचिबालय व्यबस्थापनमा कृष्ण तिमिल्सना, याम बहादुर गुरुङ र डि.बी.नेपाली रहेका छन्। क्लव सम्पर्क तथा निर्णायक व्यबस्थापमा इश्वर (चन्द्र) गुरुङ, ट्रफि मेडल प्रमाणपत्र व्यबस्थापनमा रमेश श्रेष्ठ, प्राविधिक तथा अनुशासन समितिमा आनन्द रन्जित, सन्तोस (धन) गुरुङ रहेका छन भने प्रचार प्रसारमा दीननाथ बराल, विशाल बराल र धन बस्नेत रहेका छन् ।

स्वास्थ्य प्राविधिकमा माया थापा, मुना थापा, अतिथि सत्कार खाजा खाना व्यबस्थापनमा माया गुरुङ, आर्थिक व्यबस्थापन तथा प्रशासनिकमा तोपलाल भुषाल, निलकण्ठ ढकाल रहेका छन् । मन्त्रालयले सबैको लागि खेलकुद भन्ने ओलम्पिक चार्टरको मुल नारालाई आत्मसाथ गरी ४० देखि ६० बर्ष उमेर समुहकालाई खेलकुदमा जोड्ने प्रयास स्वरुप उक्त प्रतियोगिता हुने भएको मन्त्रालयले जनाएको छ । एक टिममा भने ४० बर्ष माथिका ७ र ५० बर्ष माथिका २ गरी १४ खेलाडी हुने संयोजक गुरुङले बताए ।

प्रतियोगिताका विजेतालाई नगद ३ लाख उपविजेतालाई एक लाख ५० हजार र सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई जनही ३० हजार दिने भएको संयोजक गुरुङले बताए ।

Related Articles

Leave a Comment