Home » चुनाब तिमि म अनि राजनीति

चुनाब तिमि म अनि राजनीति

by newnagarikdiary
0 comment

प्रकाश अर्याल

चुनाव:  प्रजातान्त्रिक मुलुकमा ४/४-५/५ बर्षमा हुदै जान्छ । जनताको भावना बिकास र उदेश्य हेरेर नेतृत्व छानिदै पनि जान्छ,कहि बारम्बार दोहोर्‍याएका हुन्छ्न भने कहि नया पनि आउछन् जुन त्यस ठाउकाे बिकास,रोजगारी ,सुसासन लगाएतका कुराहरु हेरेर जनताले भोट मार्फत जनप्रतिनिधि छान्ने गर्छन। यो हिज पनि थियो आज पनि छ र भोलि पनि चल्ने छ ।

तर तिमि र मैले पनि यसलाई यसरि नै लिनु पर्छ आस्था हो फरक पर्न सक्छ , तर उदेश्य एउटै हो,त्यसैले चुनाबमा पनि एक असल मित्र एक असल रास्ट्रभक्ति भएर आउ चुनाबमा अलग भैएला  तर सम्बन्ध अलग कहिले नहुने गरेर ,एमाले,काङ्ग्रेस,माओवादी भैएला तर हाम्रो मित्रता एकै हुनुपर्छ ,सुर्य बोकिएला,रुख बोकिएला तर म भन्छु पहिला नेपालको झन्डा बोकौ तर तिमिलाई र मलाई पार्टीको पनि आस्था छ त्यसैले एक नेपालको झन्डा अर्को पार्टीको झन्डा गरेर चुनाबमा जाउ ,लडाई हैन झगडा हैन एक असल नेपालि नागरिक भएर समाबेश हौं ।

तिमि र म:हिज बाल्यकाल देखिको साथि सङ्गै पढियो,सङ्गै खेलियो,कहिले क्रीकेट,कहिले भलिबल सदै एक भएर जित्ने उदेश्य लिएर खेलियो,आज युवा उमेरमा आएका छौ मेरो उदेश्य फरक होला तिम्रो उदेश्य फरक होला तिमि तिम्रो परिवारको खुसिको लागि लडिरहेका हौला म मेरो परिवारको लागि । चाहेर पनि हामि भनेको बेला भेट्न ,घुम्न ,तमाम कुराहरु गर्ने समय जुटाउन सकेका छैनौ होला तर भोलि बुढेसकालमा फेरि सङै भइएला लुडो खेलिएला बागचारि खेलौला,सङै एकै चौपारिमा बसेर सितल हावा खादै बाल्यकाल र बैस उमेरको गफ गरौला यादहरु पुन ताजा बनाउला

राजनीति राजनिति मेरो बुझाईमा धर्म,कर्म,बिस्वास,आस्था र त्याग हो यो सबैको भग्यमा हुदैन , त्यसैले यसलाई राजनीति तबरले नै बुझौ,
राजनीति गर्नु पर्छ,आस्था राख्नु पनि पर्छ तर भन्दै गर्दा तिमि र मैले गरेको राजनीतिले कतै समाज बिग्रदै गएको त छैन ,तिमि र मेरो त्यो सम्बन्ध आज हराउदै गएको त छैन,परिवार,समाज ,नाता, आज टाढिदै गएको त छैन ? के तिमि र मेरो राजनीतिले हाम्रो सबै कुरा अब टाढिदै जाने त हैन ? तिमि र मैले बुझेको राजनीति यहि हो ?
राजनीति बिचारले गर्ने हो, सिद्धान्तले गर्ने हो, उदेश्य लिएर गर्ने हो यसले तिमिलाई मात्र हैन यो समाजलाई पनि खुसि अनि समृद्धि बनाउने तबरले गर्ने हो । भोलिका दिनमा यो समाज परिवर्तन गर्ने खाका म सङ्ग भए मलाई साथ देउ तिमि सङ्ग भए म तिमिलाई दिउला यो नै एक तिमि र मेरो आत्मीय सम्बन्धको एक उपहार हुनेछ ,तिम्रो र मेरो राजनीतिले सबैको भलो गरोस ।

Related Articles

Leave a Comment