कविता
शरद को बतासको
उन्माद
अलग्गै लाग्थ्यो त्यता
शरीरलाई चिसो स्पर्श गरेर
मनलाई चाडबाडको छनक दिने
यसका बहाबहरूले
बर्खा को भेल मात्र नभइ
बर्ष भरिको
थकित जिबन शैलीको
पहिरोलाई पनि
बाँध बाँधिदिए झैॅ लाग्दथ्यो !
मौसम ले उदाङ्गताको गति
यता पनि लिएकै छ
तर मन सम्म त्यसको चहक पस्न सकेन
सयपत्री र मखमलि फूलेकै छन
तर सुगन्ध को अनुभूति पटक्कै छैन
माटोमा मोहकता छैन
बाटोमा पारिजातको
सफेद पत्रहरू
खात लागेको छैन !!
किन भिन्नता
त्यता र यता
किनकी घरदेशमा दशैँको
आगमनमा सारा बाताबरण
झुलेको छ
तर
परदेशमा केबल सम्झना मात्रै….
गन्धहरूमा सुगन्ध पाइन्छकि भन्ने
आशा मात्रै….!