Home » सन्दिप लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै प्रहरीले बुझायाे अदालतमा फाईल

सन्दिप लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै प्रहरीले बुझायाे अदालतमा फाईल

by newnagarikdiary
0 comment

बलात्कार आरोप लागेका नेपाली क्रिकैट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।

गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ ।

बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।

Related Articles

Leave a Comment