जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे शुरु हुने स्रोतले जनाएको छ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति बारे छलफल हुने बताइएको छ ।
आइतबार बसेको बैठकले राष्ट्रपति, उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएर टुङगो नलाग्दा सोमवार पनि बैठक बोलाईएको हो ।