Home » लुम्बिनी पीस फाउन्डेसनले गौतम बुद्ध वारे खोजमुलक चलचित्र निर्माण गर्ने

लुम्बिनी पीस फाउन्डेसनले गौतम बुद्ध वारे खोजमुलक चलचित्र निर्माण गर्ने

by newnagarikdiary
0 comment

जेष्ठ-१०, काठमाडौं, विश्व शान्ति अभियानको नारा लिएर विश्वम्भर गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल हो भन्दै विश्व समुदायलाई चिनाउने अभियान शुरू भएको छ ।
२५६८औं बुद्ध जयन्तीको अवसरमा आज स्वयम्भूमा आयोजित एक समारोहबीच अन्तर्राष्ट्रिय बौद्ध भिक्षुहरूलाई आमन्त्रण गरी लुम्बिनी पीस फाउन्डेसन (Lumbini Peace Foundation) काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका कार्यक्रम संयोजक आशिष नेपालले फाउन्डेसनले आज देखि शुभारम्भ मात्र गरेको र आगामी दिनमा विविध कार्यक्रम गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले बुद्धको विषयमा गहिरो अध्ययन गरी चलचित्र निर्माण गर्ने, नेपालको ऐतिहासिक धार्मिक महत्वको विषय, सगरमाथा, पशुपतिनाथ जस्ता विश्व सम्पदामा सूचीकृत मठमन्दिर विश्व सामु परिचित गर्ने कार्यक्रम लिएर विश्व अभियान चलाइने बताउनु भयो ।
लुम्बिनी पीस फाउन्डेसनका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका सदस्य तथा समाजसेवी राजु ओझाले विश्व शान्ति अभियान आजको आवश्यकता बारे प्रष्ट पार्दै विश्व समुदायलाई नेपाल शान्ति भूमि तपोभूमी हो भन्दै विश्व जगतमा पुग्नुपर्छ भन्नुभयो।


कार्यक्रममा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय सदस्य सिजन राई, उत्तर कुमार घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
खुला क्षेत्रमा कार्यक्रम सम्पन्न भएकोले सयौ नागरिकहरूले कार्यक्रम चासोका साथ हेरिरहेका थिए ।

Related Articles

Leave a Comment