Home » मुनाल सहकारीको १४ औं वार्षिकोत्सवको अवसरमा सिद्धवराह आश्रमलाई सहयोग

मुनाल सहकारीको १४ औं वार्षिकोत्सवको अवसरमा सिद्धवराह आश्रमलाई सहयोग

by newnagarikdiary
0 comment

पोखरा  ३ माघ । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजबाट स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ । सहकारीले चौधौं वार्षिकोत्सवको अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन
सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिनुहुँदै मुनाल सहकारीको यो सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा स्नेह प्राप्त भएको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले मुनाल सहकारीको चौधौं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत यो सहयोग हस्तान्तरण कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्दै बितिय सेवा सँगै यस किसिमका सामाजिक कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।

वार्षिकोत्सवमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको मुनाल सहकारीले यस वर्ष सिद्धबराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि आवश्यक न्यानो सिरक वितरण गरेको हो । यो सहयोगबाट त्यहाँ अध्ययनरत बटुक विद्यार्थीहरूलाई थोरै भएपनि राहत हुने संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।

कार्यक्रममा संस्थाको तर्फबाट कार्यसमितिका सदस्य सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, सन्तोषकुमार घिमिरे, कालिप्रसाद मैनाली, व्यवस्थापक अम्बरबहादुर थापा र डम्बरकुमारी श्रेष्ठको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन सचिव नारायणबहादुर थापाले गरेका थिए ।

२०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको सहकारीको कास्की जिल्लाभरि कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Related Articles

Leave a Comment