Home » टाइगर कप तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशलाई

टाइगर कप तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशलाई

by newnagarikdiary
0 comment

टाइगर कप तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले हासील गरेको छ ।
शनिवार पोखरा रंगशालास्थित भलिवल कोर्टमा सञ्चालन भएको खेलमा टाइगर कपको उपाधि गण्डकी प्रदेशले हात पारेको हो । विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो ।
खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको थियो । दोस्रो सेटमा गण्डकीले २५–१८ ले जित निकाल्यो भने तेस्रो सेट पनि गण्डकीले २५–१९ अंकले जितेको हो । चौथो सेट एपीएफले २८–२६ ले जित्दा खेलमा खेलाडीले सुखद अनुभव भने लिन पाएनन् । खेल लगातार बराबरी अंकमा अघि बढ्न थालेपछि गण्डकी समर्थक दर्शक उत्तेजित बने ।

Related Articles

Leave a Comment