Home » मधेश प्रदेश सरकारले पूर्णता पाएकाे छ ।

मधेश प्रदेश सरकारले पूर्णता पाएकाे छ ।

by newnagarikdiary
0 comment

माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्री माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथ लिएसंगै मधेश सरकारले पूर्णता पाएको हो ।

उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् । प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ ।

मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागि नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन ।

Related Articles

Leave a Comment